हार्दिक धन्यवाद एवम् कृतज्ञता !!

नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले जुलाई १६, २०२३ आईतबार मेरिल्यान्ड राज्यको बाल्टिमोर सहरमा आयोजना गरेको “नेजा-एनआरएनए, अमेरिका प्रेसिडेन्सियल बहस” कार्यक्रममा हाम्रो निमन्त्रणालाई स्वीकार गरी उपस्थित हुनुभएका सम्पूर्ण अतिथिज्यूहरूलाई नेजाको तर्फबाट हार्दिक धन्यवाद एवं आभार व्यक्त गर्दछौं । सो कार्यक्रममा उपस्थित नेजाका संस्थापक अध्यक्ष गिरीश पोख्रेल र नेजाका पूर्वअध्यक्ष गौतम दाहाललाई हार्दिक धन्यवाद एवं आभार व्यक्त गर्दछौं । साथै, गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, अमेरिकाको २०२३-२०२५ कार्यकालका लागि अध्यक्षका प्रत्यासीद्वय डा. अर्जुन बन्जाडे र डिलुराम पराजुलीलाई विशेष धन्यवाद ज्ञापन गर्दछौं ।
नेजाको निमन्त्रणालाई सहर्ष स्वीकार गरी कार्यक्रममा विशेष अतिथिको रुपमा उपस्थित हुनुभएका गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए, आईसीसी) का अध्यक्ष रबिना थापा र गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी), अमेरिकाका अध्यक्ष बुद्धिसागर सुवेदीलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौं ।
यसैगरी, एनआरएनए, आईसीसी महासचिव एवं एनआरएनए एनसीसी, अमेरिकाका पूर्वअध्यक्ष डा. केशव पौडेल, एनआरएनए, आईसीसी कोषाध्यक्ष एवं एनआरएनए एनसीसी, अमेरिकाका निवर्तमान अध्यक्ष सुनील साह, एनआरएनए, आईसीसीका सचिव प्रमोद सिटौला, एनआरएनए आईसीसी अमेरिकाज क्षेत्रका डीआरसी पशुपति पाण्डे, एनआरएनए, आईसीसी सदस्य नारायण कँडेललगायतलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।
यस्तै, एनआरएनए एनसीसी, अमेरिकाका संरक्षक विश्वनाथ बराल, एनआरएनए एनसीसी, अमेरिकाका वरिष्ठ उपाध्यक्ष कृष्णजीवी पन्त, उपाध्यक्षत्रय विकास उप्रेती, गोपेन्द्र भट्टराई र सुमन थापा, महासचिव अञ्जन चौलागाईं, सचिव अनुप खनाल, युवा संयोजक त्रभुवन पाण्डे, महिला संयोजक सुन्दरी गुरुङलगायतलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।
यसैगरी, एनआरएनए-अमेरिका मेरिल्यान्ड च्याप्टरका अध्यक्ष राजु पराजुली, बाल्टिमोर अफ नेप्लिज एसोसिएसन (बाना) का अध्यक्ष सुबोध पन्तलगायतलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।
यस्तै, कार्यक्रममा उपस्थित हुनुभएका एनआरएनए एनसीसी, अमेरिकाको २०२३-२०२५ का लागि विभिन्न पदका प्रत्याशी, सामाजिक अभियन्ता, बुद्धिजीवी, नेपाल पत्रकार महासंघका पूर्वउपसभापति गंगाधर पराजुली एवं सो कार्यक्रमलाई सहयोग गर्नुहुने सम्पूर्णमा हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।
यसैगरी, सो कार्यक्रम तयारीको सुरूवातदेखि अन्तिमसम्म अहोरात्र खटेर कार्यक्रमलाई सफल बनाउन अहम् भूमिका निभाउनुहुने नेजाका डीसी मेट्रो क्षेत्रका संयोजक सिर्जना काफ्ले, नेजाका आजीवन सदस्य एवं अनुशासन तथा आचारसंहिता अनुगमन समितिका संयोजक सतीश चापागाईं, नेजा सदस्यहरू सागर घिमिरे र बसन्त घिमिरेलाई हार्दिक धन्यवाद छ ।
यस्तै, कार्यक्रममा भर्जिनियाबाट सहभागी हुनुभएका नेजाका आजीवन सदस्य एवं पूर्वक्षेत्रीय संयोजकद्वय विश्व थापा र लीला ओझा, नेजा आजीवन सदस्य सम्झना पोखरेल, नेजा सदस्य शिव मल्ल, टेक्ससबाट सहभागी नेजा सदस्य एवं पूर्वक्षेत्रीय संयोजक किशन रेग्मी, पत्रकारहरू रवि धामी, पशुपति बस्याललगायत सहभागी सम्पूर्ण सञ्चारकर्मीहरूलाई हार्दिक धन्यवाद छ ।
यसैगरी, बहस कार्यक्रमलाई प्रत्यक्ष प्रसारण गर्नुहुने दुरबिन नेपाल, इनेप्लिज, नेपाली पोस्ट, नेप्लिज डायस्पोरा, यूएस खबर परिवारलाई विशेष आभार व्यक्त गर्दछौं ।साथै, सो कार्यक्रममा प्रत्यक्ष सहभागी हुन नसके पनि विभिन्न माध्यमबाट सहयोग र सद्भाव व्यक्त गर्नुहुने तथा समाचार प्रकाशन/प्रसारण गरिदिनुहुने सम्पूर्ण पत्रकार एवं सञ्चारमाध्यमप्रति आभारी छौं ।
अन्त्यमा, सो कार्यक्रमलाई अभिभावकीय भूमिकामार्फत सल्लाह दिनुहुने नेजा पूर्वअध्यक्षहरू, सल्लाहकारहरू, पूर्वपदाधिकारीहरू एवं नेजा सदस्यहरूप्रति हार्दिक आभार व्यक्त गर्दछौं । यस्तै, बहस कार्यक्रममा प्रश्न उपलब्ध गराउनुहुने अनि हाम्रो कार्यक्रमलाई हेरेर/सुनेर प्रतिक्रिया दिनुहुने सम्पूर्ण दर्शक/श्रोताप्रति हार्दिक धन्यवाद एवं आभार व्यक्त गर्दछौं । नेजा अध्यक्षलगायत कार्यसमितिका सम्पूर्ण पदाधिकारी एवं सदस्यहरूको सामूहिक प्रयास र सक्रियतामा यो कार्यक्रम सम्भव भएको हो । धन्यवाद ।
भवदीय,
बाबुराम दाहाल
महासचिव
नेपाल अमेरिका पत्रकार संघ (नेजा)।