हार्दिक धन्यवाद एवम् कृतज्ञता !!

नेपाल अमेरिका पत्रकार संघ (नेजा) को यही मे २५, २०२४ शनिबार १७औं वार्षिक साधारण सभाको उद्घाटन कार्यक्रम, जुन अमेरिकाको म्यासाच्युसेट्स राज्यको सुन्दर नगरी बोस्टन सहरमा अवस्थित नेपालीहरूको सामुदायिक भवन पशुपतिनाथ बुद्ध फाउन्डेसन अफ न्यू इङ्गल्यान्ड (PABFONE) मा सम्पन्न भएको नेजाको यस विशेष दिनमा हाम्रो निमन्त्रणालाई सहर्ष स्वीकार गरी आफ्नो व्यस्त समयका बाबजुद उपस्थित हुनुभएका सम्पूर्ण व्यक्तित्वहरूमा नेजाको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।

नेपाल अमेरिका पत्रकार संघ (नेजा) को १७औं वार्षिक साधारण सभा म्यासाच्युसेट्स राज्यको बोस्टन सहरमा सम्पन्न साधारण सभाले संघको विधानमा आवश्यक संशोधन गर्नुका साथै महासचिव बाबुराम दाहालद्वारा प्रस्तुत महासचिवको (सांगठनिक) प्रतिवेदन र कोषाध्यक्ष जानु पंगेनीद्वारा प्रस्तुत कोषाध्यक्षको (आर्थिक) प्रतिवेदन छलफलसहित पारित गरेको छ ।

नेजाको निमन्त्रणालाई स्वीकार गरी कार्यक्रममा विशिष्ट अतिथिको रुपमा उपस्थित हुनुभएकोमा राष्ट्रिय मानव अधिकार आयोगका आयुक्त लिली थापाज्यूलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौं । यसैगरी, विशेष अतिथिहरू गभर्नर्स एडभाइजरी काउन्सिल अन रेफ्युजी एन्ड इमिग्रेन्ट अफ कमनवेल्थ, म्यासाचुसेट्सका चेयरमेन प्रह्लाद केसी, राष्ट्रिय सूचना आयोगकी पूर्वआयुक्त तथा नेपाल पत्रकार महासंघका पूर्वउपाध्यक्ष यशोदा तिम्सिना, गैरआवासीय नेपाली संघ अमेरिकाका उपाध्यक्ष प्रेम तामाङज्यू, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) का अध्यक्ष गोवर्धन पूजाज्यू, एसोसिएसन अफ नेप्लिज इन द अमेरिकाज (एएनए) का सल्लाहकार डा‍. उषा शर्माज्यूलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।

यस्तै, नेजाका संस्थापक अध्यक्ष गिरीश पोखरेल, नेजाका पूर्वअध्यक्ष भोला आचार्य, गैरआवासीय नेपाली संघ अमेरिकाका मिडिया संयोजक सतीश चापागाईं, बोर्ड अफ एजुकेसन ब्रानफोर्ड टाउन कनेन्टिकटका डाइरेक्टर रामचन्द्र श्रेष्ठ, ब्रानफोर्ड टाउन रेप्रिजेन्टेटिभद्वय चिरन न्यौपाने र ज्ञानु श्रेष्ठ, नेपाल सरकारका पर्यटन प्रवर्धक मिलन गुरुङ, नेपाल सरकारका पर्यटन प्रवर्धकत्रय मिलन गुरुङ, विनोद अधिकारी र गोकुल श्रेष्ठ, नेजाका संस्थापक सदस्यद्वय  शिव प्रकाश र लेखनाथ भण्डारी, वरिष्ठ सञ्चारकर्मीहरू रामप्रसाद खनाल, नारायण श्रेष्ठ, खेल पत्रकार विनोद पाण्डे, फोनिजका पूर्वअध्यक्ष मोहनसिंह लामा, नेजाका पूर्वकार्यसमिति सदस्य दिनेश कार्की, यूएस खबरका प्रधान सम्पादक ओम आचार्य, डीसी नेपालका सम्पादक अर्जुन दाहाल, नेजा आजीवन सदस्य सम्झना आत्रेय (पोख्रेल), नेजा सदस्य किरण पाण्डे,सुदीप सिवाकोटी, अनेसास सचिव नारायण अधिकारीज्यूलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौं । 

यसैगरी, यसैगरी, न्यू इङ्ल्यान्ड क्षेत्रमा रहेका क्रियाशील नेपाली समुदायका संघ-संस्थाहरू गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (NRNA) अमेरिका – म्यासाच्युसेट्स च्याप्टर, न्यू ह्यामसायर च्याप्टर, कनेक्टटिकेट च्याप्टर,  पशुपतिनाथ बुद्ध फाउन्डेसन अफ न्यू इङ्गल्यान्ड (प्याब्फोन) – बोस्टन, ग्रेटर बोस्टन नेपाली कम्युनिटी (GBNC), अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज – म्यासाच्युसेट्स च्याप्टर, बोस्टन तमु समाज, बोस्टन गुरुङ समाज, ब्लड डोनर्स अफ अमेरिका – म्यासाच्युसेट्स च्याप्टर, खेलकुद आईएनसी – बोस्टन, बोस्टन लोक सुसेली, मेट्रो वेस्ट नेपाली कम्युनिटी – नरउड, केपकोट नेपाली समाज – म्यासाच्युसेट्स, सृजनशील नेपाली महिला समूह – न्यू इङ्ल्यान्ड, तराई एसोसिएसन अफ म्यासाच्युसेट्स, नेवा अर्गनाइजेसन अफ न्यू इङ्ल्यान्ड, युनाइटेड किराँत राई अर्गनाइजेसन अफ अमेरिका, हेल्थ फाउन्डेसन नेपाल, नरउड लायन्स क्लब, न्यू ह्यामसायर नेपाली कम्युनिटी, नेपाली वोमन्स ग्लोबल नेटवर्क न्यू इङ्ल्यान्ड च्याप्टर (NWGN), अन्तर्राष्ट्रिय नेपाली समाज – न्यू ह्याम्पसायर च्याप्टर, नेपाली जनसम्पर्क समिति – म्यासाच्युसेट्स, प्रवासी नेपाली मञ्च – म्यासाच्युसेट्स, नेपाली क्लास बोस्टन – म्यासाच्युसेट्स, न्यू ह्याम्पसायर तमु समाज, थकाली सेवा समिति – बोस्टन, अमेरिकन फ्यामिली केयर – नरउड, गुरुङ सोसाइटी अफ न्यू ह्याम्पसायर, सोसाइटी अफ नेप्लिज इन अमेरिका – ब्रान्डफोर्ड, नेपाली वोमन्स ग्लोबल नेटवर्क न्यू इङल्यान्ड च्याप्टर (NWGN) बोस्टनलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।

यसैगरी, सो कार्यक्रममा साउन्ड सिस्टममा सहयोग गर्नुहुने डीजे सन्दिप इन्टरटेन्मेन्ट र प्राविधिक सहयोग गर्नुहुने विराज गुरुङलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौं । यस्तै, फोटो तथा भिडियोमा सहयोग गर्नुहुने सुरेन्द्र नापित, ओम आचार्य, डीबी राउत, हेमन्त श्रेष्ठ, शिव मिश्रलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।

नेजाका अध्यक्ष सुरज भण्डारीको अध्यक्षता तथा महासचिव बाबुराम दाहालको सञ्चालनमा सम्पन्न नेजाको १७औं वार्षिक साधारण सभाको उद्घाटन विश्व प्रेस स्वतन्त्रता दिवसको थिम ‘वातावरणीय संकटको सामनामा पत्रकारिता’ लाई मध्यनजर गरी बिरुवामा पानी राखेर गरिएको थियो भने प्रेस स्वतन्त्रताका लागि बलिदान दिनुहुने पत्रकार एवं अमेरिकाको स्वतन्त्रताका लागि अमेरिकी सेनामार्फत  सेवा गर्ने क्रममा सहादत्त प्राप्त सैनिकहरूप्रति श्रद्धासुमन अर्पणसमेत गरिएको थियो । यस्तै, उद्घाटन कार्यक्रममा नेपाल तथा अमेरिकाको राष्ट्रिय गीत प्रस्तुत गर्नुभएकोमा सक्रिय बस्नेतलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।

कार्यक्रममा नेजाले वार्षिक रुपमा प्रकाशन गर्दै आएको ‘प्रयास’ स्मारिका विमोचन गरिएको थियो । जुन प्रकाशनका लागि नेपाली पत्रकारितामा भाषाको महत्त्व विषयमा हामीलाई अमूल्य लेख उपलब्ध गराइदिनुहुने वरिष्ठ पत्रकार एवं भाषाविज्ञ शरच्चन्द्र वस्तीज्यूलाई विशेष आभार व्यक्त गर्दछौं । यसैगरी, बाबुराम दाहालको संयोजकत्वमा बनेको नेजा प्रकाशन समिति सदस्यहरू सुपेन्द्र बस्नेत, हरिमाया काफ्ले, लेखनाथ भण्डारी, राजचन्द्र भट्ट, योगेश आदी, प्रकाश श्रेष्ठलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।

नेजाको १७औं साधारण सभाका कन्भेनरसमेत रहनुभएका सुपेन्द्र बस्नेतको स्वागत मन्तव्य र नेजाका उपाध्यक्ष सुजन पण्डितको धन्यवाद मन्तव्य रहेको कार्यक्रममा नेजा कार्यसमितिको तर्फबाट कोषाध्यक्ष जानु पङ्गेनी, क्षेत्रीय संयोजकहरू रोशन अधिकारी, शंकर थापा, हरिमाया काफ्ले, कार्यसमिति सदस्य ईश्वरी न्यौपानेलाई विशेष धन्यवाद व्यक्त गर्दछौं ।

अन्त्यमा, उत्तर अमेरिका रहनुभएका नेपाली पत्रकारहरूको सक्रियतामा २००७ मा औपचारिक रुपमा स्थापना यस नेजाले आफ्नो १७औं वर्ष पार गर्दै गर्दा अमेरिकाको सुन्दर नगरी बोस्टनमा नेजा परिवारले सो विशेष कार्यक्रम आयोजना गर्ने सोच बनाएकोमा हाम्रो यो सोचलाई उत्साह अनि हौसलापूर्ण रुपमा तन, मन, धन सबै कुराले सहयोग गर्नुहुने तपाईं सम्पूर्ण बोस्टनवासी समुदाय, अनि विश्वभरबाट हामीलाई साथ, सहयोग, शुभकामनालगायत प्रत्यक्ष एवं अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सम्पूर्णमा हार्दिक आभार व्यक्त गर्दछौं । यसैगरी, यस कार्यक्रमलाई सफल बनाउन अहोरात्र खट्नुहुने नेजाका उत्तर-पूर्व क्षेत्रीय संयोजक सुपेन्द्र बस्नेतलगायत सबै कर्यसमिति एवं नेजामा आबद्ध सम्पूर्णलाई नेजाको तर्फबाट हार्दिक आभार व्यक्त गर्दछौं । साथै, आगामी दिनमा पनि यहाँहरूबाट यस्तै साथ, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं । धन्यवाद ।

 

भवदीय,
नेपाल अमेरिका पत्रकार संघ (नेजा)।