About NEAJA
Nepal America Journalists Association (NEAJA) is a US-based not-for-profit organization, under section 501(C)(3) of the internal revenue code, or corresponding section of any future federal tax code, formed by Journalists of Nepali origin in 2007. NEAJA works exclusively to build and develop communication networks amongst journalists and communities in the United States and Canada. It’s a joint forum of Nepali-American Journalists who have been working hard to bridge the Nepali communities with the American mainstream since its establishment.
When the number of journalists and media persons of Nepali origin increased in the United States and Canada, the need for an organization of such people with similar professional backgrounds back in Nepal was felt. As a result, a group of professional Nepali journalists started some informal gatherings to form an organization of Nepali-American Journalists in 2001.
अध्यक्षको सन्देश
मातृभूमि नेपालभन्दा सात समुद्र पारि उत्तर अमेरिकामा पत्रकारितासँग साइनो जोडिएका नेपाली मूलका पत्रकारहरूको साझा संस्था नेपाल अमेरिका पत्रकार संघ (नेजा) सन् २००७ सालमा स्थापना भएको हो । नेजा उत्तर अमेरिकाको नेपाली डायस्पोरामा परिचित मात्र छैन, यसको भूमिका पनि विशिष्टीकृत रहेको छ । उत्तर अमेरिकी नेपाली समुदायका लागि मात्र नभई मातृभूमि नेपालका लागि पनि नेजाले महत्त्वपूर्ण योगदान गर्दै आएको छ ।
नेजामा नेपाली पत्रकारिताको इतिहासदेखि २१औं शताब्दीको प्रविधियुक्त पत्रकारितामा अभ्यस्त पत्रकारहरूको संलग्नता रहेको छ । नेपालमा रहँदा पत्रकारितामा रम्नुभएकाहरूलाई संगठित गर्दै स्थापना भएको नेजा सो उद्देश्यमा अविचलित भई अघि बढिरहेको छ । सँगसँगै उत्तर अमेरिकामा जम्दै गएको नेपाली डायस्पोरा लक्षित सञ्चारमाध्यमहरूमा आबद्व पत्रकारहरूलाई पनि संस्थाभित्र गोलबन्द गर्ने प्रक्रिया पनि सँगसँगै अघि बढिरहेको छ ।
अग्रजलाई सम्मान गर्दै उत्तर अमेरिकामा नेपाली मूलका पत्रकारहरूले सञ्चालन गरिरहेको सञ्चारमाध्यमहरूको व्यावसायिकताका लागि पनि नेजाले पहल गर्दै आएको छ । पत्रकारितासँग कहीँ न कहीँ नाता गाँसिएका हामी सबैको साझा चौतारी नेजा सबै अट्ने घर हो । घरभित्र सबैको भावना समेटिन्छ, सबैको भावना समेटेर नै घर सञ्चालन हुन सक्दछ, यसमा हामी सबै नेजा सदस्यहरूको उत्तिकै दायित्व रहेको हुन्छ ।
संघको आठौं अधिवेशन तथा १६औं साधारण सभाबाट बनेको यो कार्यसमिति उत्तर अमेरिकामा रहनुभएका पत्रकारहरू, जो नेपालमा रहँदा वा यहाँ आइसकेपछि पनि कहीँ न कहीँ पत्रकारितामा जोडिनुभएको छ तर नेजामा समेटिन सक्नुभएको छैन, उहाँहरू सबैलाई नेजामा आउनका लागि हार्दिक अपिल गर्दछ । त्यसका लागि यस कार्यसमितिको तर्फबाट गर्नुपर्ने पहल र व्यवस्थाका लागि कार्यसमिति सधैं तयार रहेको छ ।
संघको स्थापनादेखि हालसम्म कुनै पनि अवधिमा सदस्य हुनुभएका तर जुनसुकै अवस्थाका कारण सदस्यतालाई अद्यावधिक नगर्नुभएका तपाईं सबैलाई नेजामा सदैब स्वागत छ । आग्रह वा पूर्वाग्रहविना सबै समेटिने नेजा बनाउनका लागि यो कार्यसमिति तत्परताका साथ सक्रिय रहने पनि सम्बन्धित सबैमा अनुरोध गर्दछु ।
संस्थापक अध्यक्षसहित संस्थापकहरूको ऐतिहासिक योगदान, पूर्वअध्यक्ष तथा पूर्वपदाधिकारी एवम् पूर्व कार्यसमितिको भूमिकाको उच्च सम्मान व्यक्त गर्दछौं । उत्तर अमेरिकाको भूमिमा बढ्दै र समृद्ध बन्दै गएको नेपाली डायस्पोरा र नेपाली भाषा, संस्कृतिसँगै विस्तार हुँदै गएको पत्रकारिताको व्यावसायिकताका निम्ति पनि नेजाको संस्थागत पहल अपरिहार्यता रहेको छ । सामुदायिक पत्रकारितालाई अब बिस्तारै व्यावसायिकताको चरणमा लैजानका लागि सम्बद्व तपाईं सबैको सहकार्यमा नेजाले विशेष भूमिका खेल्ने पनि म अनुरोध गर्न चाहन्छु ।
नेपाली डायस्पोराका दोस्रो पुस्ताले उत्तर अमेरिकामा बिस्तारै देखिने गरी पाइला टेक्न थालेको छ । यहाँको हरेक क्षेत्रको मूलधारमा नेपाली डायस्पोराको उपस्थिति क्रमशः बढ्दै गएको छ । संघर्षको चरणबाट आफ्नो यात्रा अघि बढाएको पहिलो पुस्ता क्रमशः समृद्ध र सन्तुष्टताको बिन्दुमा पुग्न खोजिरहेको छ । यसले के संकेत गरिरहेको छ भने नेपाली डायस्पोराभित्रबाट पनि अब उत्तर अमेरिकाभित्रको मूलधारको पत्रकारितामा पनि उपस्थिति बढेर जानेछ । कतिपय हकमा त्यसको सुरुवात पनि भएको छ । अब बिस्तारै नेपाली डायस्पोरा भित्रबाट नै सहभागिता बढाउनका लागि हामीले पहल गर्नुपर्ने आवश्यकता खड्किएको छ, यसका लागि नेजाले हरसम्भव प्रयास गर्नेछ । नेजालाई उत्तर अमेरिकाभित्रका मूलधारका पत्रकारितासँग सम्बन्धित संघ-संस्थाहरूसँग जोड्नेदेखि ती संस्थाहरूमा हाम्रो उपस्थिति बढाउनका लागि संस्थागत पहल रहनेछ ।
नेपाली डायस्पोराका मुद्दालाई नेपालसँग जोड्न, उत्तर अमेरिकामा रहेको नेपाली समुदायको गतिविधिलाई सञ्चारमाध्यममार्फत बाहिर ल्याउन, एकताबद्व नेपाली डायस्पोरा निर्माण तथा बलियो र समृद्ध नेपाली डायस्पोराको सहभागिता नेपालको विकास र समृद्धिका लागि लगाउनका लागि नेजाको तर्फबाट गर्न सकिने प्रयास गर्नुपर्नेछ । नेपालको पत्रकारिताको विकासका लागि नेजाले स्थापनाका समय र तत्पश्चातका समयदेखि नै गर्दै आएको योगदानको निरन्तरतासँगै थप कार्यहरू गर्नेतर्फ हाम्रो प्रयास रहनेछ । उत्तर अमेरिकामा क्रियाशील नेजामा संलग्न पत्रकारहरूको निम्ति पनि देखिने गरी केही गर्नुपर्नेछ र त्यसका लागि सबैको साथ र सहयोगको खाँचो अपरिहार्य छ ।
अन्त्यमा, यस कार्यसमिति निर्वाचित गराउने तपाईं सबै नेजा सदस्यहरूलाई हृदयदेखि नै धन्यवाद छ । दुई वर्षको कार्यकालमा तपाईं सबैबाट साथ, सहयोग, सुझाव र रचनात्मक अनि सकारात्मक आलोचनाको अपेक्षा कार्यसमितिको तर्फबाट राखेको छु । धन्यवाद ।
आदरणीय नेपाल अमेरिका पत्रकार संघ (नेजा) का अध्यक्षज्यू, कार्यसमिति, संस्थापक एवं पूर्वअध्यक्षज्यू, सल्लाहकारज्यू एवं नेजाका सम्पूर्ण सदस्यज्यूहरूमा हार्दिक नमस्कार !
सर्वप्रथम, यो संस्था स्थापनाको अवधारणा बनाउनुहुने संस्थापकज्यूहरू अनि यो संस्थालाई यहाँसम्म ल्याउनका लागि महत्त्वपूर्ण योगदान पुर्याउनुहुने अग्रज व्यक्तित्व, संस्थापक अध्यक्ष, पूर्वअध्यक्ष, पूर्वपदाधिकारी, पूर्वकार्यसमितिका सदस्य, नेजाका मानार्थ सदस्य, आजीवन सदस्य, साधारण सदस्य एवं संस्थाबाहिरै रहेर पनि संस्थाको हितमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुहुने सम्पूर्ण व्यक्तित्वप्रति हार्दिक नमन एवं आभार व्यक्त गर्दछु ।
नेपाल अमेरिका पत्रकार संघ (नेजा) को मे २१ र २२, २०२३ मा टेक्सास राज्यको ह्युस्टनमा भएको आठौं अधिवेशन तथा १६औं साधारण सभाबाट श्री सुरज भण्डारीको नेतृत्वमा गठन भएको ---जुन कार्यसमिति निम्नानुसार उल्लेख गरिएको छ--- वर्तमान कार्यसमितिले एक वर्ष सफलतापूर्वक सम्पन्न गरिसकेको छ । संस्थाका अग्रजहरूको अनुभव, मार्गनिर्देश, सल्लाह एवम् सुझावको जगमा वर्तमान कार्यसमितिले विगतका दूरगामी कार्यहरूलाई अगाडि बढाउँदै समयसापेक्ष कार्यक्रमहरूलाई समेत यस बीचमा सम्पन्न गरेको छ । संस्थालाई सम्मानित र यसको गरिमालाई उच्च राख्नका लागि यसका संस्थापक, संस्थाको नेतृत्व सह्माल्नुभएका अग्रज व्यक्तित्व, आफ्नो पेसा र संस्थालाई सदैव माया गर्ने अनि माया गरेर संस्थामा जोडिनुभएका सम्पूर्ण व्यक्तित्व एवम् शुभचिन्तकको साथ, सहयोग, सल्लाह, सुझावविना संस्थालाई अगाडि बढाउन कठिनाइ हुनेमा वर्तमान कार्यसमिति सचेत रहँदै संस्थाप्रतिको दायित्व, अनुशासन र सम्मानलाई सदैव अग्रस्थानमा राखेर अगाडि बढेको छ । साथै, स्थापनाको मूल उद्देश्यमा अविचलित रही उत्तर अमेरिकामा रहेका पत्रकार र यहाँको नेपाली समुदायलाई जोड्ने र संस्थाको साखलाई उच्च बनाउनका लागि नेजाले यस बीचमा आफ्ना कार्यक्रमलाई केन्द्रित गर्यो । यसैगरी, मातृभूमि नेपालको पत्रकारिताको विकास तथा पत्रकारहरूका निम्ति नेजा सहयोगी छ भन्ने मान्यतालाई समेत स्थापित गर्दै यो कार्यसमिति अगाडि बढिरहेको छ ।
नेपाल अमेरिका पत्रकार संघ (नेजा) को मे २१ र २२, २०२३ मा टेक्सास राज्यको ह्युस्टनमा भएको आठौं अधिवेशन तथा १६औं साधारण सभाबाट श्री सुरज भण्डारीको नेतृत्वमा गठन भएको ---जुन कार्यसमिति निम्नानुसार उल्लेख गरिएको छ--- वर्तमान कार्यसमितिले एक वर्ष सफलतापूर्वक सम्पन्न गरिसकेको छ । संस्थाका अग्रजहरूको अनुभव, मार्गनिर्देश, सल्लाह एवम् सुझावको जगमा वर्तमान कार्यसमितिले विगतका दूरगामी कार्यहरूलाई अगाडि बढाउँदै समयसापेक्ष कार्यक्रमहरूलाई समेत यस बीचमा सम्पन्न गरेको छ । संस्थालाई सम्मानित र यसको गरिमालाई उच्च राख्नका लागि यसका संस्थापक, संस्थाको नेतृत्व सह्माल्नुभएका अग्रज व्यक्तित्व, आफ्नो पेसा र संस्थालाई सदैव माया गर्ने अनि माया गरेर संस्थामा जोडिनुभएका सम्पूर्ण व्यक्तित्व एवम् शुभचिन्तकको साथ, सहयोग, सल्लाह, सुझावविना संस्थालाई अगाडि बढाउन कठिनाइ हुनेमा वर्तमान कार्यसमिति सचेत रहँदै संस्थाप्रतिको दायित्व, अनुशासन र सम्मानलाई सदैव अग्रस्थानमा राखेर अगाडि बढेको छ । साथै, स्थापनाको मूल उद्देश्यमा अविचलित रही उत्तर अमेरिकामा रहेका पत्रकार र यहाँको नेपाली समुदायलाई जोड्ने र संस्थाको साखलाई उच्च बनाउनका लागि नेजाले यस बीचमा आफ्ना कार्यक्रमलाई केन्द्रित गर्यो । यसैगरी, मातृभूमि नेपालको पत्रकारिताको विकास तथा पत्रकारहरूका निम्ति नेजा सहयोगी छ भन्ने मान्यतालाई समेत स्थापित गर्दै यो कार्यसमिति अगाडि बढिरहेको छ ।
आज मे ३ अर्थात् विश्व प्रेस स्वतन्त्रता दिवस । प्रेस स्वतन्त्रताको महत्त्व र आवश्यकताका सन्दर्भमा विश्वलाई जागृत गराउन यस दिवसको विशेष महत्त्व रहेको छ । मानव अधिकार र नागरिकको नैसर्गिक अधिकारसँग प्रेस स्वतन्त्रता जोडिएको हुन्छ । संयुक्त राष्ट्र संघको निकाय युनेस्कोको आयोजनामा नामिबियाको विन्डहक सहरमा सन् १९९१ को डिसेम्बरमा भएको पत्रकार, प्राध्यापक र स्वतन्त्रता पक्षधरहरूको भेलाले स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विन्डहक घोषणा-पत्र जारी गरेको थियो । तत्पश्चात् युनेस्कोको सिफारिसमा सन् १९९३ मा भएको संयुक्त राष्ट्र संघको महासभाले मे ३ लाई विश्व प्रेस स्वतन्त्रता दिवसको रुपमा मनाउने भनी घोषणा गरेको थियो । सोही घोषणासँगै विश्वभर मे ३ मा विश्व प्रेस स्वतन्त्रता दिवस मनाउन लागिएको हो ।
प्रेस स्वतन्त्रताका आधारभूत सिद्धान्तहरूको जगेर्ना गर्ने, विश्वभर प्रेस स्वतन्त्रताको अवस्थाको मूल्याङ्कन गर्ने, सञ्चारमाध्यमलाई आफ्नो स्वतन्त्रतामाथिको आक्रमणबाट बचाउने, निर्भीक पत्रकारिताका अवरोधको पहिचान गर्ने सन्दर्भमा यो दिवसको विशेष अर्थ रहेको छ । विश्व प्रेस स्वतन्त्रता दिवस मनाउन सुरु गरेको वर्षदेखि अहिलेसम्म आइपुग्दा कुनै न कुनै रूपबाट पत्रकारिता र प्रेस स्वतन्त्रताको मुद्दालाई कमजोर पार्ने कार्य भइरहेको देखिन्छ । प्रेस स्वतन्त्रतालाई पूर्णत: उपयोग गर्न नदिने विभिन्न तरिकाबाट प्रयास भइरहेको पाइन्छ । पछिल्लो समय नयाँ-नयाँ प्रविधि निर्माण र माध्यमको सुरुवातले पत्रकारितालाई सरल, सहज र सबैको पहुँचमा पुर्याउन विशेष सहयोग पुगे पनि यससँगै स्वतन्त्रतामा कुण्ठित हुन सक्ने चिन्तासमेत बढेर गएका छन् । यसतर्फ पनि चिन्तन गर्नुपर्ने आवश्यकता देखिएको छ ।
News
नेजाद्वारा बाल्टिमोरमा अन्तरक्रिया
बाल्टिमोर जुलाई १३, २०२४ । नेपाल अमेरिका पत्रकार संघ (नेजा)ले मेरिल्यान्ड राज्यको बाल्टिमोरमा सामुदायिक अन्तरक्रिया गरेको छ । जुलाई...
विस्तृतमा>>>NEAJA Notice
सदस्यतासम्बन्धी सूचना !
उत्तर अमेरिमा रहेका नेपाली पत्रकारको साझा संस्था नेपाल अमेरिका पत्रकार संघ (नेजा) मा आबद्ध हुन इच्छुक पत्रकार, जो उत्तर...
विस्तृतमा>>>Upcoming Events
NEAJA-17th General Meeting Notice!
नेपाल अमेरिका पत्रकार संघ (नेजा) को १७औं साधारण सभा यही मे २५ र २६, २०२४ मा म्यासाचुसेट्स राज्यको बोस्टन...
विस्तृतमा>>>